काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज नेपालले पाकिस्तान साहिन्सबाट १४५ रनको लक्ष्य पाएको छ ।
शुक्रबार डार्विनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको हो ।
पाकिस्तानका निम्ति अविजित रहेका कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका एक छक्का प्रहार गरे । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए । यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३० रन खर्चिए । नन्दन यादव, दिपेन्द्र सिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।
प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले खेलका ५ खेलमध्य ३ मा हार र २ मा जितेको थियो।
नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो।
नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो।
प्रतियोगितामा ११ वटा टोली छन् । शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।