Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रोमाञ्चक खेलमा पाकिस्तान शाहीन्ससँग नेपाल एक रनले पराजित

रोमाञ्चक खेलमा पाकिस्तान शाहीन्ससँग नेपाल एक रनले पराजित

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग नेपाल पराजित भएको छ।

नर्दन टेरिटोरीमा भएको खेलमा पाकिस्तान शाहीन्सले नेपालमाथि एक रनको रोमाञ्चक जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले नेपाललाई १४४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको नेपालले ७ विकेट क्षतिमा १४३ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशत पुरा गरे। उनले ४४ बलमा ५२ रन बनाएका हुन्।  

यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा ४४ रन बनाए। कुशल भुर्तेल ९ बलमा ४ रन बनाएर आउट हुँदा आसिफ शेख ३० बलमा २७ रन बनाएर आउट भए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077