एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले वेस्ट ह्यामलाई ५–१ गोलले हराएको छ ।
गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई फराकिलो गोलअन्तरले हराएको हो ।
यो सिजन दुई खेलमा चेल्सीको पहिलो जित हो । अहिले तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको चार अङ्क छ ।
यसअघि चेल्सीले आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेससँग बराबरी खेलेको थियो ।
प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् ।