Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा, अनिल साह कप्तान

भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा, अनिल साह कप्तान

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणका लागि १६ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरेको छ।

विकेटकिपर ब्याट्सम्यान अनिल साहलाई टोलीको कप्तानीको जिम्मेवारी दिइएको छ।

नेपाल ‘ए’ टोलीले आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतको गुवाहाटीमा आसाम राज्य टोलीसँग पाँच खेलको टी–२० सिरिज खेल्नेछ।

घोषित टोलीमा कप्तान साहसँगै अर्जुन घर्ती मगर पनि विकेटकिपरका रूपमा समावेश छन्।

त्यस्तै, राष्ट्रिय टोलीमा अनुभव हासिल गरिसकेका देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सर्राफ, बसिर अहमद, कमल सिंह ऐरीआदिल अन्सारी पनि टोलीमा रहेका छन्।

नेपाल ‘ए’ टोलीका अन्य खेलाडीहरूमा तृत राज दास, सुभ कंसाकर, इशान पाण्डे, आकाश चन्द, शेर मल्ल, युवराज खत्रीसागर ढकाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077