Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साफ यू–१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

साफ यू–१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । नेपाल साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग ३–० ले पराजित भएको छ ।

आइतबार भूटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा बंगलादेशलाई थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गर्दै सहज जित दिलाए ।

खेलको ४१औँ मिनेटमा मार्माले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। त्यसको तीन मिनेटमै सौरभीले टोलीको अग्रता दोब्बर पारिन् । पहिलो हाफको इन्जुरी समयमा चक्माले गोल थप्दै बंगलादेशलाई ३–० को निर्णायक जित दिलाइन्।

यस जितसँगै बंगलादेशले तीन खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको छ। नेपाल भने समान खेलबाट तीन अंकमा सीमित रहँदै तेस्रो स्थानमा झरेको छ।

यसअघि नेपाल भारतसँग ७–० ले पराजित भएको थियो भने भुटानलाई २–१ ले हराएको थियो। बंगलादेशले भुटानलाई ३–१ ले हराएको तर भारतसँग २–० को हार बेहोरेको थियो ।

उता, आइतबारै भएको अर्को खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शीर्ष स्थानमा कब्जा जमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077