Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरान कहिल्यै अमेरिकी दबाबका अगाडि झुक्ने छैन : खामेनी

इरान कहिल्यै अमेरिकी दबाबका अगाडि झुक्ने छैन : खामेनी

सोमवार , भाद्र ९, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको वर्तमान अवस्थाको ‘कुनै समाधान छैन’ भन्दै इरान कहिल्यै अमेरिकी दबाबका अगाडि नझुक्ने स्पष्ट अडान लिएका छन् ।

उनको यो भनाइ इरान र पश्चिमी शक्तिहरूसँग आणविक कार्यक्रमबारे भइरहेको टकराबबीच आएको हो । गत जुनमा अमेरिकासहित इजरायलले इरानका आणविक स्थलहरूमा बम आक्रमण गरेपछि तेहरानले वाशिङ्टनसँगको वार्ता स्थगन गरेको थियो।

अर्कोतर्फ, इरान र युरोपेली नेताहरू (फ्रान्स, बेलायत र जर्मनी) बीच अर्को हप्ता बैठक तय भएको छ। तर यस वार्तामा अमेरिका सहभागी हुने छैन।

युरोपेली मुलुकहरूले इरान वार्तामा फर्कन तयार नभए संयुक्त राष्ट्र संघमार्फत पुनः कडा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।

खामेनीले भने, अमेरिकाले चाहे जस्तो दबाब वा प्रतिबन्ध लगाए पनि इरानले आफ्नो स्वाधीनता र आणविक अधिकार छोड्ने अवस्था नआएको दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077