Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुरु भयो तीज, आज दरखाने दिन

सुरु भयो तीज, आज दरखाने दिन

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।

तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ ।

विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन् । दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरू एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकार दरको रुपमा खाँदै रमाइलो गर्ने चलन विगतदेखि चल्दै आएको छ।

विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन थालेको छ।

जसलाई कतिपयले विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन् । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन्।

पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरू पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरू सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077