Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३ वर्षपछि पाकिस्तानी विदेशमन्त्री ढाकामा

१३ वर्षपछि पाकिस्तानी विदेशमन्त्री ढाकामा

सोमवार , भाद्र ९, २०८२

एजेन्सी । पाकिस्तानका विदेशमन्त्री इसहाक डार बंगलादेश पुगेका छन् । सन् २०१२ पछि बंगलादेशमा पहिलोपटक पाकिस्तानी विदेशमन्त्रीको औपचारिक भ्रमण भएको हो ।

२०१२ मा पाकिस्तानका विदेशमन्त्री हीना रब्बानी खार बंगलादेशको भ्रमण गरेकी थिइन् ।

शनिबार दुईदिने भ्रमणका निम्ति ढाका पुगेका डारको उद्देश्य लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनाको सत्ता अपदस्थपछि बंगलादेशसँग सम्बन्ध सुदृढ गर्नु रहेको छ ।

भ्रमणका क्रममा डारले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससँग भेट गरे ।

दुवै नेताले बंगलादेश–पाकिस्तान सम्बन्ध सुदृढ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०लाई पुनर्जीवित गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077