काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले रियल ओभिडिओविरुद्ध सहज जित दर्ता गरेको छ ।
कार्लोस टार्टिएर रंगशालामा गएराति फ्रेन्च फरवार्ड किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्ररित रियल मड्रिडले रियल ओभिडिलाई ३-० ले हराएको हो ।
पाहुना टोली रियाललाई जित दिलाउन एमबाप्पेले दुई गोलसँगै भिनिसियस जुनियरले एक गोल गरे ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको रियल तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित ओभिडिओ अंकविहीन छ ।