Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा आठको मृत्यु, ४५ जना घाइते

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा आठको मृत्यु, ४५ जना घाइते

सोमवार , भाद्र ९, २०८२

एजेन्सी । भारतको उत्तर प्रदेशमा पर्ने बुलन्दशहरमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ।

राजस्थानतर्फ जाँदै गएको ट्रयाक्टरलाई पछाडिबाट आउँदै गरेको ट्रकले गएराति अलिगढ सीमा नजिकै ठक्कर दिँदा दुर्घटना भएको हो।

झण्डै ६० जना ट्याक्टरको ट्रलीमा बसेर कासगञ्ज जिल्लाबाट राजस्थान गइरहेका बेला दुर्घटना भएको बुलन्दशहर प्रहरीले जनाएको छ।

दुर्घटनामा परी आठ जनाको मृत्यु भएको र ४५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077