Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल ‘ए’ को आसाम खेल तालिका सार्वजनिक

नेपाल ‘ए’ को आसाम खेल तालिका सार्वजनिक

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेपाल ‘ए’ ले आसाम प्रदेशको टोलीसँग खेल्ने पाँच खेलको ट्वान्टी–२० अभ्यास शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार शृंखला अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म गुहावटीमा हुनेछ ।

शृंखलामा लगातार पाँच दिन खेल हुनेछ । सुरुआती दुई खेल दिन तथा त्यसपछिका तीन खेल दिनररातमा हुनेछन् ।

नेपाली टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन् । आदिल आलम पनि टिममा पर्न सफल भएका छन् । त्यस्तै सन्दीप जोरा लगायतका खेलाडी पनि टिममा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077