Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाली टोलिले आज अस्ट्रेलियामा दुई टी–२० खेल्ने

नेपाली टोलिले आज अस्ट्रेलियामा दुई टी–२० खेल्ने

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि अस्ट्रेलियामा पाँचौ अभ्यास खेल खेल्ने भएको छ।

नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले जनाएको छ।

नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी–२० खेल्दै छ। जसमा पहिलो खेल बिहान पौने ६ बजे देखि शुरु भएको छ। भने दोस्रो खेल पौने १० बजे बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ।

त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी–२० खेल्ने छ, जुन बिहान सोही समयमा सुरु हुनेछ। त्यस्तै अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ६ बजेदेखि शुरु हुदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077