Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । अस्ट्रेलियामा आज भइरहेको पहिलो अभ्यास टी-२० खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी-२० पनि खेल्नेछ

त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी–२० खेल्ने छ, जुन बिहान ६ बजेदेखि सुरु हुनेछ। त्यस्तै अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ६ बजेदेखि शुरु हुदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077