एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वसहित विश्वभर ७ वटा युद्ध रोकेको दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सबैभन्दा ठूलो भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको बताएका हुन् ।
यद्दपि भारतले विगतमा ट्रम्प र अमेरिकाले गरेका सबै यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संसद्मा कुनै पनि प्रकारको मध्यस्थतालाई अस्वीकार गरेका थिए ।
भारत र पाकिस्तानबीचको द्वन्द्वलाई उल्लेख गर्दै ट्रम्पले यो युद्ध आणविक युद्धमा परिणत हुन सक्ने बताए ।
भारत–पाकिस्तानले पहिलै नै ७ वटा लडाकू विमान खसालेका ट्रम्पले दाबी गरे ।