Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

उपाधिका लागि नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यसअघिका तीन खेलमा नेपालले दुईमा हार र एक जित निकालेको थियो ।

पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् । नेपालले भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077