Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकामा स्कुलमा गोलीकाण्ड : सुटरसहित तीनको मृत्यु, २० घाइते

अमेरिकामा स्कुलमा गोलीकाण्ड : सुटरसहित तीनको मृत्यु, २० घाइते

बिहिवार , भाद्र १२, २०८२

एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यको मुख्य सहर मिनियापोलिसस्थित स्कुलमा बुधबार गोली चलेको छ ।

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिसको एननसिएसन क्याथोलिक स्कुलमा भएको घटनामा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ ।

सीबीएस न्युजका अनुसार गोली लागेर २० जना घाइते पनि भएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सन्दिग्धले अर्धस्वचालित हतियारले गोली चलाएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077