काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली टोलीले साउथ अस्ट्रेलियनलाई १४७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो अभ्यास खेलमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।
नेपालका लागि सार्कीले सर्वाधिक ३२ रन बनाए। ओपनर आशिफ शेखले १३ बलमा २२ रन बनाए। दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए।
सोमपाल कामी १८ र सन्दीप लामिछाने ५ रनमा अविजित रहे। अन्य ब्याटरले पनि दोहोरो अंकको रन बनाउन सकेनन्।
साउथ अस्ट्रेलियाको लागि बलिङतर्फ टि ब्राउन र एच मानिन्ती ले समान २-२ विकेट लिए । एम सि फेडेन र मिनिजले १/१ विकेट लिए। नेपालले यसअघि डार्विनमा टप एन्ड टी २० सिरिज खेलेको थियो।