Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित

अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ ।

अस्ट्रेलिया आज भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो ।नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

साउथ अस्ट्रेलियाका विन्टरले ३६ रन बनाए । होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन जोडे।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका भीम सार्कीले ३२ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।

साउथ अस्ट्रेलियाका थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई विकेट लिए । म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।

नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077