Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियासँग नेपाल ३ रनले पराजित

दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियासँग नेपाल ३ रनले पराजित

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । नेपाल साउथ अस्ट्रेलिया (एसए) सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित भएको छ ।

अस्ट्रेलिया आज भएको दोस्रो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ रनले पराजित भएको हो ।

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा अलआउट भयो ।

नेपालका लागि रुपेश सिंहले १९ बलमा ३७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । लोकेश बमले २६ बलमा ३२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । बलिङमा नेपालका रुपेश सिंह र करण केसीले समान २-२ विकेट लिएका थिए।

यसअघि आजै भएको पहिलो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077