Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आसामसँगको पहिलो खेलमा नेपाल ‘ए’ १५ रनले पराजित

आसामसँगको पहिलो खेलमा नेपाल ‘ए’ १५ रनले पराजित

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । भारतको आसाम राज्य टिमसँग नेपालको ‘ए’ क्रिकेट टिमले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनको हार बेहोरेको छ ।

आज गुवाहिटीमा भएको खेलमा आसामले टस हारेपछि पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।

१९१ रनको लक्ष्यसहित मैदान उत्रिए पनि आठ ओभरपछि वर्षा हुँदा खेल रोकिएको थियो । निरन्तरको वर्षापछि खेल सम्भव नहुँदा नेपाल डीएलएसअनुसार १५ रनले पराजित भएको हो । आठ ओभरको खेलसम्म नेपालले ६४ रन बनाउँदा तीन विकेट गुमाएको थियो ।

नेपालका शुभ कंशाकारले २१ बलमा तीन चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । कप्तान अनिल साहले १४ बलमा चार चौकासहित २० रन जोडे ।

नेपालले अब शुक्रबार आसामसँग दोस्रो खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077