Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बेइजिङमा भव्य भिक्ट्री परेड : नेपालसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङमा भव्य भिक्ट्री परेड : नेपालसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुने

शुक्रवार , भाद्र १३, २०८२

एजेन्सी । जापानी आक्रमणविरुद्धको चीनको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजय हासिल भएको ८० वर्ष पुगेको अवसरमा चीनले आगामी सेप्टेम्बर ३ मा बेइजिङमा भव्य भिक्ट्री परेड आयोजना गर्ने भएको छ ।

राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा आयोजना हुने उक्त कार्यक्रममा नेपालसहित २६ देशका शीर्ष कार्यकारी प्रमुख तथा राष्ट्र–सरकार प्रमुखहरू सहभागी हुनेछन् ।

चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार, भिक्ट्री परेड ऐतिहासिक दिवसको स्मरण मात्र नभई अन्तर्राष्ट्रिय मित्रता र सहयोगको प्रतीक बन्नेछ । कार्यक्रममा भव्य सैन्य परेडसहित विविध सांस्कृतिक तथा कूटनीतिक कार्यक्रमहरू हुनेछ ।

यस परेडमा सहभागी हुने नेतामध्ये प्रमुखमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, क्याम्बोडियाका राजा नोरोडोम सिहामोनी, भियतनामी राष्ट्रपति लुयोन कुओङ, लाओसका राष्ट्रपति थोंगलुन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम, मंगोलियाली राष्ट्रपति उखना खुरेलसुख, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

त्यस्तै माल्दिभ्स, काजाकस्तान, उजबेकिस्तान, ताजिकिस्तान, किर्गिजस्तान, तुर्कमेनिस्तान, बेलारुस, अजरबैजान, आर्मेनिया, इरान, कङ्गो, जिम्बावे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमारका शीर्ष नेता तथा सरकार प्रमुखहरू पनि उपस्थित हुनेछन् ।

परेडमा सहभागी देशहरूको उपस्थिति चीनको कूटनीतिक प्रभाव, साझा ऐतिहासिक स्मरण र क्षेत्रीय सहयोगलाई अझ मजबुत पार्ने अवसरको रूपमा हेरिएको छ ।

यससँगै विभिन्न देशका संसद प्रमुख, उपप्रधानमन्त्री, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा पूर्व राजनीतिज्ञहरूलाई समेत चीनले विशेष निमन्त्रण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077