काठमाडौं । चलचित्र ‘गुन्यु चोलो: द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ ।
‘गुन्यु चोलो’ फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आएको हो । ‘गुन्यु चोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ ।
नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ । ‘गुन्यु चोलो’लाई समुन्द्र भट्टले निर्देशन गरेकी छन् ।
‘गुन्यु चोलो’को ट्रेलर र गीतमा नाजिरको ‘पफर्मेन्स’ले तारिफ बटुलेको थियो । यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।