Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । साफ-१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ ।

खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे सुरु हुनेछ । नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग, तेश्रो र चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भूटानलाई हराएको थियो ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि आइतवार आफ्नो अन्तिम खेलमा भूटानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077