Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रूसले युक्रेनको राजधानीमा गर्‍यो ६०० ड्रोन प्रहार, २१ जनाको मृत्यु

रूसले युक्रेनको राजधानीमा गर्‍यो ६०० ड्रोन प्रहार, २१ जनाको मृत्यु

शुक्रवार , भाद्र १३, २०८२

एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा घातक आक्रमण गरेको छ ।

बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। रुसले झण्डै ६०० ड्रोन र ३० भन्दा बढी ब्यालेस्टिक मिसाइल तथा क्रुज मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ।

आक्रमणमा युरोपेली संघ ईयुको कार्यालयमा क्षति पुगेको छ। आक्रमणमा ५ तले आवसीय भवन ध्वस्त भएको र युरोपेली मिसनसहित त्यसको नजिकै रहेको ब्रिटिस काउन्सिलको कार्यालयमा पनि क्षति पुगेको बताइएको छ।

अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आवसीय भवनमा शक्तिशाली बम वर्षा भएको थियो, जसका कारण भवन पूर्णरूपमा नष्ट भएको छ।

ईयूका विदेश नीति प्रमुख काजा कालासले शान्तिका प्रयासलाई असफल बनाउन सुनियोजित आक्रमण गरिएको बताएका छन्।

आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077