Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आसामविरुद्ध नेपाल ‘ए’ को सहज जित

आसामविरुद्ध नेपाल ‘ए’ को सहज जित

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । भारतीय टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ ले ९६ रनको सहज जित निकालेको छ ।

आज गुवाहिटीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसामले १५.२ ओभरमा सबै विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो ।

आसामका रुहिनन्दन पेगुले १७ रन बनाए । शिवशंकर रोयले ६ र आकाश सेनगुप्ताले १० रन थपे । आसामलाई सस्तैमा समेट्न नेपालका बसिर अहमेद र युवराज खत्रीले समान तीन विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले एक-एक विकेट लिए ।

जितसँगै पाँच खेलको शृंखलामा नेपाल १-१ को बराबरी गरेको छ । नेपाल यसअघि पहिलो खेलमा डकवर्थ लेविस पद्दति अनुसार १५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077