Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगन्जमा हैजा : शङ्कास्पद बिरामी ६७६ जना, १५२ हैजाका बिरामी

वीरगन्जमा हैजा : शङ्कास्पद बिरामी ६७६ जना, १५२ हैजाका बिरामी

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । वीरगन्जमा फैलिएको हैजाको स्रोत अझै पत्ता लागेको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जैमद ठाकुरका अनुसार अझै पनि हैजाको स्रोत पत्ता नलागेको बताए।

तर झाडापखला लागेका बिरामीहरू टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएर गरिएको २० वटा नमुना परीक्षणमा सबैमा हैजा पुष्टि भएको छ।

ठाकुरले भने- 'हाल सम्म हैजा महामारी के कारणले फैलियो भनेर स्रोत पत्ता लगाउन सकिएको छैन तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएर परीक्षण गरिएको २२ वटा नमूना मध्ये २० वटामा हैजा संक्रमण पुष्टि भएको छ।'

एक हप्तादेखि वीरगन्जमा फैलिएको हैजाबाट संक्रमित हुनेको संख्या एक सय ५२ जना पुगेको छ। यस्तै गम्भीर प्रकारका झाडापखला लागेर अस्पताल भर्ना हुने बिरामीको संख्या ६ सय ७६ जना पुगेको छ। जस मध्ये ३२ जना बिरामीको आइसीयु र ७ जनाको एचडियुममा उपचार भइरहेको छ भने एक ८९ जनाको जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। ४ सय ४७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।

यस्तै आरडिटी परीक्षणमा हैजा पुष्टि भएका एक सय ५२ जना मध्ये ७८ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन भने ७४ संक्रमित मध्ये २० जना को नेशनल मेडिकल कलेज, ४६ जनाको तराइ अस्पताल,४९ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

अन्य संक्रमितको जिल्लामा रहेका अन्य अस्पतालहरूमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जैमद ठाकुरले जानकारी दिए । यही ६ गतेदेखि वीरगन्जमा हैजाका बिरामीहरू फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077