Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउथ अस्ट्रेलिया विरुद्ध नेपाल दुई विकेटले विजयी

साउथ अस्ट्रेलिया विरुद्ध नेपाल दुई विकेटले विजयी

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । साउथ अस्ट्रेलिया विरुद्धको एक दिवशीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ ।

कप्तान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनपछि नेपालले हारिसकेको खेल आफ्नो पक्षमा पारेको हो ।

जितका लागि साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेले शतकीय पारी खेल्दै सर्वाधिक १०२ रन बनाए । सोमपाल कामीले ३८ रन जोडे ।

कुनै बेला ३६ ओभरमा ८ विकेट गुमाउँदा १७२ रन मात्र बनाएर धर्मराएको नेपालको इनिङ यी दुई जनाले उकासे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा पूरै विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी-२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077