Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाल ‘ए’को दोस्रो जित, आसाम ९ रनले पराजित

नेपाल ‘ए’को दोस्रो जित, आसाम ९ रनले पराजित

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । भारतको गुहाटीमा जारी टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले आसाममाथि दोस्रो जित निकालेको छ । आसामसँगको पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले ९ रनले जितेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो।

नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए। यस्तै आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन बनाए।

आसामका आकाश सेनगुप्ताले २ विकेट लिए भने मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट लिए।

नेपाल ‘ए’ले दिएको १९७ रनको लक्ष्य पन्छाएको आसाम २० ओभरमा १८७ रन बनाएर अलआउट भयो।

आसामका लागि निहार डेकाले सर्वाधिक ४० रन बनाए। यस्तै सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ र साहिल जेनले २४ रन बनाए।

नेपालका आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले २–२ विकेट लिए भने मोहमद आदिल आलमले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077