Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आसामसँग नेपाल ‘ए’ १८ रनले पराजित, सिरिज २–२ को बराबरीमा

आसामसँग नेपाल ‘ए’ १८ रनले पराजित, सिरिज २–२ को बराबरीमा

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । भारतको गुहाटीस्थित एसीए स्टेडियममा जारी पाँच खेलको टी–२० सिरिजअन्तर्गत चौथो खेलमा नेपाल ‘ए’ आसाम क्रिकेट एशोसियसनसँग १८ रनले पराजित भएको छ । यससँगै सिरिज २–२ को बराबरीमा पुगेको छ ।

पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको चुनौती पेश गर्‍यो । कप्तान सुमित घडिअन्करले ४७ बलमा ७० रन प्रहार गर्दै इनिङ्स सम्हाले । उनले १ चौका र ४ छक्का हानेका थिए।

ओपनर ऋषिकेश तामुलीले ४६ रन बनाएर कप्तानसँगै ९० रनको साझेदारी गरे । निहार देकाले ३७ रन जोडे । नेपाल ‘ए’ का लागि आकाश चन्दले २ विकेट, वसिर अहमदले १ विकेट लिए भने २ खेलाडी रनआउट भए ।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रनमा समेटियो। कप्तान अनिलकुमार शाहले ५० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए। इशान पाण्डेले २० बलमा २७ रन जोडे। तर, मध्यक्रममा निरन्तर विकेट गुमेपछि नेपाल लक्ष्य नजिक पुग्न सकेन।

आसामका लागि अभिनव चौधरी र अब्दुल अजिज कुरासीले समान ३–३ विकेट हात पारे भने साद्दिक हुसेनले १ विकेट लिए।

यसअघि नेपाल ‘ए’ ले पहिलो खेल डीएल पद्धतिमा १५ रनले गुमाएको थियो भने दोस्रो खेलमा ९६ रनले जितेको र तेस्रो खेल ९ रनले जितेको थियो । अब निर्णायक पाँचौँ खेल सोमबार साँझ ५ बजे एसीए स्टेडियममै हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077