Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन - अवरुद्ध आठ सडक तत्काल खुलाउनू

कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन - अवरुद्ध आठ सडक तत्काल खुलाउनू

आइतवार , भाद्र १५, २०८२

काठमाडौँ । सरकारले बाढीपहिरोका कारण अवरुद्ध आठ सडक तत्काल खुलाउने भएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका हुन् ।

आइतबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकमा उहाँले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरी काम गर्नुपर्ने बताए ।

बैठकमा गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको थियो ।

हाल पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका–२, टिमुरे, अरनीको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२, कोदारी र घट्टेखोला, बेनिजोमसोम सडक खण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077