Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु

सोमवार , भाद्र १६, २०८२

एजेन्सी । अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ ।

पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको हो ।

भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएको बताइएको छ ।

दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् ।

मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077