एजेन्सी । इजरायलले गाजा सिटीमा गरेको हवाई आक्रमणमा हमासको सशस्त्र विंगका प्रवक्ता अबु ओबेदिया मारिएको दाबी गरेको छ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै इजरायली रक्षा बल र आन्तरिक सुरक्षा एजेन्सी शिन बेटलाई “सफल कार्यान्वयन” को लागि बधाई दिएका छन्।
तर, हमासले भने प्रवक्ता ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन ।
संगठनले जारी गरेको वक्तव्यमा गाजा सिटीको आवासीय क्षेत्रमा भएको सो आक्रमणमा दर्जनौँ सर्वसाधारणको ज्यान गएको र धेरै घाइते भएको दाबी गरिएको छ।