काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुँदैछ ।
मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ।
मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएको छ।