Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको अन्तरक्रिया स्थगित

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको अन्तरक्रिया स्थगित

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।

आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्न लागिएको सूचना प्रवक्ता मनिष झाले सञ्चार माध्यममा प्रवाह गरेका थिए ।

विशेष कारणवश पत्रकारसँग भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको झाले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077