काठमाडौं । नेपाल शिक्षक महासंघले जनता समाजवादी (जसपा) नेपालको पार्टी कार्यालयमा बालकुमारीमा आज धर्ना दिएका छन् ।
पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म जसपा नेपालको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाएको महासंघले जनाएको छ ।
महासंघले विद्यालय शिक्षा विधेकका विभिन्न प्रावधान संशोधनको माग राखेर दलका पार्टी कार्यालयहरूमा धर्ना दिएर ध्यानाकर्षण गराउँदै आएको छ ।
महासंघले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको पार्टी कार्यकालयमा धर्ना दिएका थिए ।