काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार दर्ता भएको निवेदनमा सर्वोच्चले भदौ १९ गतेको पेसी तोकेको हो ।
भदौ ६ गते श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणाले अदालतको अवहेलना भएको जिकिरसहित गत शुक्रबार मोरङका कानुनका विद्यार्थी आयुष दाहालले अवहेलना निवेदन सर्वोच्चमा पेस गरेका थिए ।
श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने टिप्पणी फेसबुकबाट गरेका थिए ।