एजेन्सी । अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ भने १५ सयबढि जना घाइते भएका छन् ।
अफगानिस्तानको नाङ्गरहार र कुनार प्रान्तमा आइतबार राति करिब १२ बजे ६.३ म्याग्निच्युडको भूकम्प आएको थियो ।
करिब ८ किलोमिटर गहिराइबाट आएको भूकम्पले ठूलो जनधनको क्षति भएको हो । यो भूकम्पलगत्तै ४.५ र ५.२ म्याग्निच्युडका दुई भूकम्प आएका थिए ।
भूकम्पको झट्का राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो ।
दुर्गम भेगबाट सूचना आउन बाँकी नै भएकाले हताहत हुने मानिसको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।