Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा ५८ र पुरातत्व विभागमा १० अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा ५८ र पुरातत्व विभागमा १० अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग र पुरातत्व विभागमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि चालु आवका लागि अधिकृतस्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पुरातत्व विभागमार्फत् सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमका लागि चालु आवका लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको  छ ।

यसैगरी बैठकले विशेष अदालतमा अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077