Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारले भन्यो - नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ

सरकारले भन्यो - नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत अन्य सीमा विवादलाई कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।

लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत–चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्रीले चिनियाँ समकक्षीसमक्ष आफ्नो धारणा स्पष्ट राखेको गुरुङले जानकारी दिए।

जवाफमा चिनियाँ राष्ट्रपतिले यो विषय नेपाल र भारतको समस्या भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077