काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्यका रूपमा समावेश गर्न प्रस्ताव गरेका छन् ।
सोमबार चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अब पूर्ण सदस्य बन्न उत्सुक रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले एससीओलाई अझ एकताबद्ध, एकीकृत र लचिलो बनाउनुपर्ने उल्लेख गर्दै नेपालले सन् २०१६ देखि संवाद साझेदारको हैसियतमा सहभागिता जनाउँदै आएको स्मरण गरे।
ʻहामीलाई अझ बढी एकताबद्ध, अझ बढी एकीकृत र अझ बढी लचिलो एससीओको आवश्यक छ । यसले बढ्दो भू–राजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरूको सामना गर्न सकियोस्,ʼ उनले भने ।