Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रेल चढेर चीनतर्फ लागे किम जोङ उन, ‘विजय दिवस’ परेडमा ओलीलगायत विश्व नेतासँग देखिने

रेल चढेर चीनतर्फ लागे किम जोङ उन, ‘विजय दिवस’ परेडमा ओलीलगायत विश्व नेतासँग देखिने

मंगलवार , भाद्र १७, २०८२

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन चीनतर्फ प्रस्थान गरेका छन् । सोमबार साँझ प्योङयाङबाट प्रस्थान गरेका किम आफ्नो प्रसिद्ध बख्तरबन्द रेलमार्फत चीनको राजधानी बेइजिङतर्फ गएका हुन् ।

दक्षिण कोरियाली सञ्चारमाध्यम योनहापका अनुसार रेलमा उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ र यात्राको क्रममा फ्रान्सेली वाइनदेखि ताजा लब्स्टरसम्मको विशेष भोज पस्किने रेस्टुरेन्ट कोच पनि समावेश गरिएको छ ।

सुरक्षाका कारण रेल बिस्तारै चल्ने भएकाले किमको यात्रा करिब २४ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

बुधबार चीनमा आयोजना हुने ‘विजय दिवस’ सैन्य परेडमा किम जोङ उन चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग एकै मञ्चमा देखिने कार्यक्रम छ ।

सो भव्य समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077