Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा पार्टी कार्यालय बनस्थलीमा शिक्षक महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय बनस्थलीमा शिक्षक महासंघको धर्ना

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग राख्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा धर्ना दिएको छ ।

पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म आज बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाएको महासंघले जनाएको छ ।

महासंघले यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीको पार्टी कार्यालयमा धर्ना दिएको थियो ।

प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग समेट्नुपर्ने उनीहरूको माग छ ।

महासंघले विद्यालय शिक्षा विधेकका विभिन्न प्रावधान संशोधनको माग राखेर दलका पार्टी कार्यालयहरूमा धर्ना दिएर ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077