Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्वान्टी-२० क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्न्यास

ट्वान्टी-२० क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्न्यास

मंगलवार , भाद्र १७, २०८२

एजेन्सी। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ट्वान्टी-२० क्रिकेटबाट सन्न्यास लिएका छन् ।

३५ वर्षीय स्टार्कले क्रिकेटको सानो संरचनाबाट सन्न्यासको लिएको घोषणा गरेका हुन् ।

उनले अस्ट्रेलियाबाट ६५ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दा ७९ विकेट लिएका छन् ।

ट्वान्टी-२० क्रिकेटबाट सन्न्यास घोषणा गर्दै स्टार्कले लेखेका छन्- 'टेस्ट क्रिकेट सधैँ मेरो उच्च प्राथमिकतामा छ र रहँदै आएको छ । मैले अस्ट्रेलियाबाट खेलेको हरेक टी–२० खेल मलाई मनपर्छ, विशेषगरी सन् २०२१ को । हामीले उक्त विश्वकपको उपाधि जितेकाले मात्रै नभई त्यसबेला टिमका सबैजना उत्कृष्ट थिए ।'

उनले अब आफ्नो लक्ष्य सन् २०२७ को एकदिवसीय विश्वकप र एसेस शृंखला भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077