Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजको खेल तालिका परिवर्तन

नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजको खेल तालिका परिवर्तन

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका परिवर्तन गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै एसिया कपको फाइनलसँग तालमेल मिलाउन खेल तालिकामा सामान्य परिमार्जन गरिएको जानकारी दिएको हो ।

नयाँ तालिका अनुसार नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल सेप्टेम्बर २७ मा हुनेछ । दोस्रो खेल २९ सेप्टेम्बरमा र तेस्रो तथा अन्तिम खेल ३० सेप्टेम्बरमा खेलिने क्यानले जनाएको छ।

तीनै खेल संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछन्।

यसअघि सिरिज २७, २८ र ३० सेप्टेम्बरमा खेलाउने तालिका तय गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077