काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
लिनले टी–२० संरचनामा २९३ खेल खेलेका छन् । त्यसमा उनले आठ हजारभन्दा बढी रन बनाएका छन् ।
आक्रामक ब्याटिङका निम्ति चर्चित लिनले अस्ट्रेलियाबाट १८ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।
लिन अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) मा सबैभन्दा धेरै रन बनाउने र छक्का प्रहार गर्ने खेलाडी हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिग खेलिसकेको उनीसँग अनुभव छ ।
एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ गतेसम्म गरिने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।