Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ ।

क्यानले आज साँझ काठमाडौंको एलफ्ट होटलमा एक कार्यक्रम गरी ट्रफी टुरको औपचारिक सुरुवातको घोषणा गरेको हो । ट्रफी विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ ।

IMG_2859-1757085081.jpeg

ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइने नेपाल क्रिकेट संघले जनाइएको छ ।

टुर घोषणा कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले दोस्रो संस्करण अझ सभ्य र भव्य रुपमा मनाउने प्रतिबद्धता व्यक्त गरे।

दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

e8e12f9e-5154-46b9-a21a-f22c74021f96-1757085091.jpeg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077