Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबल- आज नेपाल र बंगलादेश भिड्दै

मैत्रीपूर्ण फुटबल- आज नेपाल र बंगलादेश भिड्दै

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)  को आयोजनामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै छन् ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेल आज साँझ ५:३० बजेदेखि हुने तय भएको छ । दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ ।

दुवै टिमले मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने बताएका छन् ।

मैत्रीपूर्ण खेलका लागि भीआईपीतर्फको टिकट एक हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077