Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले गोलरहित बराबरी खेलेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले आक्रामक प्रयास गरे पनि गोलको अवसर सदुपयोग गर्न नसकेका हुन् ।

करिब दुई वर्षपछि दशरथ रंगशालामा पुरुष अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना भएको हो ।

नेपालले यसअघि सन् २०२३ को नोभेम्बरमा दशरथ रंगशालामै यमनविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

मैत्रीपूर्ण सिरिजअन्तर्गत अब नेपालले बंगलादेशविरुद्ध दोस्रो खेल मंगलबार बेलुका ५ः३० बजे दशरथ रंगशालामै खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077