एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सनारोलाई २०२२ को चुनावी हारपछि पनि सत्तामा टिकिरहने प्रयासमा ‘कू’को षड्यन्त्रमा दोषी ठहर गर्दै २७ वर्ष तीन महिनाको जेल सजाय तोकेको छ ।
यो फैसला देशको राजनीतिमा थप विभाजन ल्याउने र यसले अमेरिकाको असन्तुष्टि बढाउने अनुमान गरिएको छ ।
सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका दक्षिणपन्थी नेतालाई पाँच मुद्दामा दोषी ठहर गरिएको छ । पाँच न्यायाधीशको प्यानलमध्ये चारजनाले उनलाई दोषी ठहराएका छन् ।
बुधबार एक न्यायाधीश लुइज फुक्सले उनको पक्षमा फैसला सुनाउँदै सबै आरोपबाट सफाइ दिन मतदान गरेका थिए ।
७० वर्षीय बोल्सनारो हाल नजरबन्दमा छन् ।