Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसिया कप टि ट्वान्टी प्रतियोगिता : पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै

एसिया कप टि ट्वान्टी प्रतियोगिता : पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै

आइतवार , भाद्र २९, २०८२

एजेन्सी । एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिताको छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ।

समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो।

भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी–२० खेल भएका छन्। जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए।

दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो। भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए।

रोहितले अब टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन्। त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन्।

भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077